आरबिबी मोबाइल बैंकिङ्ग महामेलाका विजयीलार्ई पुरस्कार वितरण

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले आरबिबी मोबाइल महामेलाका पांच जना विजयीलाई आईतबार एक समारोहका बिच पुरस्कार वितरण गरेको छ । मोबाइल बैंकिङ्गको प्रवद्र्धनको लागि बैंकले गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा आरबिबी मोबाइल बैंकिङ्ग महामेलामा संचालन गरेको थियो ।

सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले रा.वा. बैंकले विभिन्न युवा लक्षित कार्यक्रम मार्फत युवा ग्राहकहरुलाई बैंकमा आकर्षण गर्न खोजिरहेको बताए ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रा.वा. बैंकसंग सन २००९ देखि मोबाइल बैंकिङ्गमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउंदै रा.वा. बैंकको मोबाइल बैंकिङ्गले समाजमा मोबाइल बैंकिङ्गको आवश्यकता सृजना गराएको बिचार ब्यक्त गरे ।

प्रकाशित मिति: ३ कात्तिक २०७६, आइतबार  १७ : २७ बजे