सिटी एक्सप्रेस मनी ट्रान्सफर १६ औं वर्षमा प्रवेश

0
Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफर १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।

बार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुविधा दिँदै ग्राहकहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।