आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार मिथिला लघुवित्तको चुक्ता पुँजीको २५ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको चुक्ता पुँजीको १९.६२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
जसअनुसार मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ दशमलव ३५७५ कित्ता र आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ दशमलव ६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बिहीबार सूचीकृत भएको दुबै कम्पनीको बोनस सेयर सम्बन्धीत कम्पनीको साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले पाउनेछन् । उक्त बोनस सेयरे डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया