गुराँस लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्यूनतम २० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनसदर घोषणा गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७६।७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन अनुसार कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

उक्त बोनसदर जारी गरिएको बीमालेखहरुमा कम्पनीको मुनाफामा सरिक हुने गरी बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । सो बोनसदर बीमा समितिको २०७० असार ३० गतेको पत्र मार्फत स्वीकृत भएको कम्पनीले जनाएको छ ।

साथै बीमा समितिबाट अर्को वर्षको बीमाङ्कीय मुल्याङ्कन स्वीकृत नभएसम्मका लागि कम्पनीले सार्वजनिक गरेको उक्त बोनसदर कायम हुने जनाइएको छ ।

१. सावधिक जीवन बीमालेख

सावधिक जीवन बीमालेख को हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४३ रुपैयाँ बोनसदर कायम भएको छ । यसैगरी पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ६८ रुपैयाँ कायम भएको छ । कम्पनीले यो योजना अन्तर्गत कुल २७ हजार ४९८ वटा बीमालेख जारी गरेकोमा १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै १९ हजार २६६ वटा बीमालेख बिक्री गरेको छ ।

२. बालबालिकाको सावाधिक जीवन बीमालेख

गुराँस लाइफले बालबालिकाको सावाधिक जीवन बीमालेखको हकमा न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । जसअनुसार १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४३ रुपैयाँ तोकिएको छ । यस्तै २५ वर्षभन्दा माथि अवधिका लागि अधिकतम प्रति हजार ६८ रुपैयाँ बोनसदर कायम गरिएको छ । कम्पनीले यो योजना अन्तर्गत कुल ३२ हजार १०१ वटा बीमालेख जारी गरेकोमा १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै २६ हजार ८७० वटा बीमालेख बिक्री गरेको छ । जसमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

३. सावधिक तथा आजीवन बीमालेख

कम्पनीले सावधिक तथा आजीवन बीमालेखको हकमा न्युनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले १४ वर्षसम्मको अवधिको लागि प्रति हजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ । यस्तै २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि भने सबैभन्दा धेरै प्रति हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यो योजना अन्तर्गत कुल ९ हजार ९२२ वटा बीमालेख जारी गरेकोमा १५ देखि १९ वर्ष अवधिको सबैभन्दा बढी ७ हजार २८३ वटा बिक्री गरेको छ ।

४. अग्रिम भुक्तानी सावधिक बीमालेख

गुराँस लाइफ इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा न्युनतम ३२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ तर कम्पनीले २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन् ।

कम्पनीले यो योजना अन्तर्गत कुल ८ हजार ७०८ वटा बीमालेख जारी गरेकोमा १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै ६ हजार २०९ वटा बीमालेख बिक्री गरेको छ ।

५. वार्षिक नगद फिर्ता

गुराँस लाइफले वार्षिक नगद फिर्ता बीमालेख अन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि ३८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सार्वजनिक गरेको बीमालेख अनुसार १४ वर्ष अवधिको लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ । तर कम्पनीले २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन् । कम्पनीले यो योजना अन्तर्गत कुल ८ हजार ९७१ वटा बीमालेख जारी गरेकोमा २० देखि २४ वर्ष अवधिको सबैभन्दा बढी ६ हजार २७ वटा बीमालेख बिक्री गरेको छ ।

६. गुराँस सुरक्षित भविष्य जीवन बीमा

कम्पनीले गुराँस सुरक्षित भविष्य जीवन बीमालेखको हकमा न्यूनतम २० देखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बीमालेख अनुसार १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ बोनसदर कायम गरेको छ । यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ३७ रुपैयाँ बोनसर कायम गरेको छ । कम्पनीले यो योजना अन्तर्गत कुल ६१६ वटा बीमालेख जारी गरेकोमा १५ देखि १९ वर्ष अवधिको सर्वाधिक ३८६ वटा बीमालेख बिक्री गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।