नमस्ते पे एपबाट हवाई टिकट काट्ने भाग्यशाली विजेतालाई पोखराको दुईतर्फी टिकट नि:शुल्क

0
Shares

नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गर्दै एक भाग्यशाली हुने विजयी प्रयोगकर्ताले पोखराको दुईतर्फी टिकट नि:शुल्क उपलब्ध गराउने जनाएको छ ।

नमस्ते पे बाट प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिङ्ग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन् ।

यो सेवा हाल एन्ड्रोइड मोबाइल प्रयोगकताृका लागि उपलब्ध छ भने चाँडै आईओएसमा पनि लन्च हुने जनाइएको छ । साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ, जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३०० रुपैयाँको फ्ल्याट क्यासब्याप पाउनेछन् ।बाँकीले उडान टिकट खरिद गर्दा १५० ?पैयाँको फ्ल्याट क्यासब्याप पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।