शिवम् नेपालकै सर्वाधिक ओपिसि सिमेन्ट बिक्री गर्ने कम्पनी, ११ करोड बोरा बिक्री

0
Shares

शिवम् सिमेन्ट नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको छ । ओपीसी उत्पादक कम्पनी शिवमले हालसम्म ११ करोड बोरा सिमेन्ट बिक्री गरेको छ ।

उक्त संख्या सिमेन्ट क्षेत्रमा एउटै कम्पनीको यो बिक्री नै सर्वाधिक रहेको कम्पनीको दाबी छ । स्थापनाकाल देखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सकेको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि आफ्नै खानीबाट उत्खनन् गरिएको चुनढुङ्गाबाट ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड– २०१९ प्रथमबाट पुरस्कृत भएको शिवम् सिमेन्टबाट व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजना निर्माण भइरहेका छन् ।

हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधियुक्त प्लान्टबाट ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसओ सर्टिफाइड प्राप्त शिवम् सिमेन्ट भरोसा अटुट सम्बन्धको, क्वालिटीको मामलामा नो कम्प्रोमाइज, गुणस्तरको पहिचान हो शिवम् जस्ता मुल नाराका साथ अगाडि बढिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।