ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब कटेपनि लाभांश क्षमता १३% मात्रै

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा ५ अर्ब कटाएको बैंकको लाभांशक्षमता भने १३.४४ प्रतिशत मात्र छ ।

चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकको अन्य बै.कभन्दा दोब्बर जस्तो पुँजी हुँदा धेरै नाफा कमाउँदा पनि सेयरधनीले पाउने प्रतिफल भने न्यून भएको हो ।

असार मसान्तसम्म बैंकको सेयरधनी कोषमा ३ अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

गत आवमा १३ प्रतिशतले कर्जा लगानी बढाएको बैंकले निक्षेप संकलन भने ३.३७ प्रतिशतले मात्र वृद्धि गरेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष २०.४२ प्रतिशत, सेयरधनीकोष ७ प्रतिशत, खुद ब्याज आम्दानी १७.५२ प्रतिशत, फि तथा कमिसन आम्दानी ९.२७ प्रतिशत र सञ्चालन नाफा २६.९० प्रतिशतले बढेको छ ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकको गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको छ । बैंकको जगेडा कोष १३ अर्ब ३५ करोड २६ लाख, खुद ब्याज आम्दानी १० अर्ब ७४ करोड ६ लाख, फि तथा कमिसन आम्दानी १ अर्ब ६७ करोड ६३ लाख र सञ्चालन नाफा ७ अर्ब ५६ करोड १ लाख रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.११ रुपैयाँ, खराब कर्जा अनुपात १.२२, कोषको लागत ७.४८, आधारदर ९.४०, सिडी रेसियो ८९.२१, पुँजीको १२.७२, स्पेडदर ४.२६ र मूल्य आम्दानी अनुपात ११.४९ गुणा छ । बैंकको इपिएस २.६३ रुपैयाँ, आधारदर २.९०, निक्षेप संकलन लागत २.८२ बिन्दुले वृद्धि भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।