निफ्राको वितरणयोग्य नाफा ८१ करोड, खुद नाफा १ अर्ब २ करोड माथि

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०७८/७९ मा ८० करोड ८५ लाख ३२ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

असार मसान्तसम्ममा बैंकले १ अर्ब २ करोड ६१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा ८३ करोड ७४ लाख १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको खुद नाफा २२.५३ प्रतिशतले बढेको हो ।

गत आवमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत, जगेडा कोष २७.६८ प्रतिशत, निक्षेप १५.०६ प्रतिशत र कर्जा लगानी ५८२.८९ प्रतिशत वृद्धि भएको छ । यसैगरी खुद ब्याज आम्दानी ४१.२० प्रतिशत, फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशत र सञ्चालन नाफा २३.१४ प्रतिशतले बढेको हो ।

बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड, जगेडा कोष १ अर्ब ७३ करोड ७० लाख, निक्षेप २ अर्ब १८ करोड ८० लाख र कर्जा लगानी १५ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी यस अवधमिा १ अर्ब ८८ करोड ६३ लाख, फि तथा कमिसन आम्दानी ९६ लाख ३५ हजार र सञ्चालन नाफा १ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात शुन्य प्रतिशत छ भने प्रतिसेयर आम्दानी (ईपीएस) ४.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.०४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ ।यस अवधमिा बैंकको निक्षेप संकलन लागत ९.४० प्रतिशत छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।