सानिमा बैंकको प्रगति खस्कियो, धेरै सूचक घट्दा बढेका पनि छैन उत्साहप्रद

0
Shares

सानिमा बैंक लिमिटेडको प्रगति खस्किएको छ । अनुभवी बैंकर भुवन दाहाल नेतृत्वबाट बाहिरिएसँगै बैंकको प्रगति पहिले जस्ताेगरी अगाडि बढ्न नसकेको हो । सोही कारण बैंकको पफमेन्स समेत सुस्त बनेको छ ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन नाफा घटेसँगै बैंकको नाफा घटेको छ । खुद ब्याज आम्दानी बढेपनि बैंक व्यवस्थापन खर्च नियन्त्रण गर्न असफल हुँदा सञ्चालन नाफा घट्न पुगेको हो ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०७८।७९ मा २ अर्ब २० करोड २९ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंककाे नाफामा अघिल्लो आवको तुलनामा गत आवमा १.०७ प्रतिशतले गिरावट आएको हो ।

आव २०७७/७८ मा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कर्जा लगानी १५.१९ तथा निक्षेप संकलनमा २२.६५ प्रतिशत बढीले सुधार गरेपछि बैंकको खर्च बढदा खुद नाफा भने घटेको हो ।

नाफा घटेसँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ घटेर २०.२४ रुपैयाँ झर्न पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.६३ गुणा बढी छ ।

चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको बैंकको २०७९ असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ४६ करोड ९९ लख ८६ हजार रुपैयाँ छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.९८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको जगेडा कोष १०.२३ प्रतिशत बढेर ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ सञ्चित भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको केही सूचक सुधारिएका छन् भने केही घटेका छन् । बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत, फि तथा कमिसन आम्दानी ३.६३ प्रतिशतले बढदा सञ्चालन नाफा १.७६ प्रतिशतले घटेको छ ।

गत आवमा बैंकले १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ४ अर्ब ७६ करोड ७१ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी, ८४ करोड ३७ लाख ४८ हजार रुपैयाँ फि तथा कमिसन आम्दानी, ३ अर्ब २५ करोड २५ लाख ८४ रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.३५ प्रतिशत, पुँजी कोष अनुपात १३.७५ प्रतिशत, कर्जा निक्षेप अनुपात ८६.३६ प्रतिशत, निक्षेप संकलन लागत ७.६३ प्रतिशत, आधार दर ९.७१ प्रतिशत र स्पेडदर ३.८६ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।