सुनको भाउ बढ्दा आइतबार चाँदीको घट्यो

0
Shares

सुनको भाउ आइतबार बढ्दा चाँदीमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेकोहो । यस अवधिमा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तिएको छ ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ तोकिएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला ९४ हजार रुपैयाँ र तेजावी सुन ९३ हजार ५०० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य अघिल्लो कारोबार मुल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर आइतबार १ हजार १५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी तोलाको १० रुपैयाँ बढेर १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७२७ र चाँदी प्रतिऔंस १८.६१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ श्रावण २०७९, आइतबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।