क्लास्सिक टेकले ३०० फाइबर प्राविधिक कर्मचारी थप्यो

0
Shares

क्लास्सिक टेकले देशैभरि थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ।

वर्षा याममा धेरै फाइबरसम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले बिजुलीका खम्बामा चढेर काम गर्न नमिल्ने भएकोले र बढ्दो ग्राहकलाई सुविधा दिन कर्मचारी नियुक्त गरेको जनाएको छ।

अब क्लास्सिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागि सपोर्टको पहुँच बढाएको कम्पनीको भनाइ छ।

यसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्दत पुर्याउनेछ भने मर्मत मा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ छ।

यसका साथै क्लास्सिक टेकले आफ्नो आईपीटीभी पनि अपडेट भर्सन १.१.२ ल्याएको छ । १०० भन्दा बढी एचडी च्यानेल र १०० एसडी च्यानेलहरुमा पनि नयाँ फिचर ल्याएको छ।

यसले गर्दा टिभीमा हेर्दाको अनुभवलाई अझै राम्रो बनाउने कम्पनी ले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।