नेपाल क्लियरिङ हाउसले सेवा विस्तार गर्न १६ कर्मचारी भर्ना गर्दै

0
Shares

नेपाल क्लियरिङ हाउसले विभिन्न १३ पदका लागि १६ जना कर्मचारी माग गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सिस्टम अप्रेटर (पीएसओ)को लाइसेन्स प्राप्त गरेको नेपाल क्लियरिङ हाउसले आफ्ना सेवा सुविधा विस्तार गर्ने तयारी गरेको छ ।

कनेक्ट आइपीएस, कर्पोरेट–पे, कनेक्ट–आरटीजीएस, नेपालपेयर, नेशनल पेमेन्ट इन्टरफेस जस्ता प्लेटफर्म सञ्चालन गरीरहेको क्लियरिङ हाउसले आफ्नो सेवा सुविधा विकास गर्न तथा दिइरहेका सुविधामा थप सुधार गर्न कर्मचारी भर्ना गर्न लागेको हो ।

नेपाली दक्ष नागरिकहरुले हेड सफ्टवेयर डेभल्पमेन्ट, जाभा डेभ्लपर, जुनिएर जाभा डेभ्लपर, जुनिएर आइओएस डेभ्लपर, क्युए इन्जीनियर, सिनियर एनालिस्ट, एनालिस्ट, स्र्टाटजी एन्ड रिसर्च अफीसर, सेक्युरीटि एनालिस्ट, रिम्स एन्ड कम्प्लायन्स एक्जीकयुटीभ, टेक्नीकल सपोर्टर, सर्पोट एनालिस्ट, बिजनेश डेभ्लपमेन्ट एक्जीक्युटीभ जस्ता पदको लागि आवेदन दिन सक्ने छन् ।

आवेदन फारम नेपाल क्लियरिङ हाउसको आधिकारिक वेबसाइट गई भर्न सकिने छ । आवेदकहरुले १० अगस्ट अर्थात साउन २५ भित्रमा आवेदन फारम बुझाउनु पर्ने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।