सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढ्यो

0
Shares

नेपाली बजारमा सुनको मूल्य विहीबार प्रतितोला ८ सय रुपैयाँ बढेको छ। पछिल्लो तीन दिन लगातार घटेको सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ मा झरेको थियो।

विहीबार प्रतितोला ८ सय रुपैयाँले बढेपछि सुनको भाउ ९४ हजार ८ सय कायम भएको छ। विहीबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर १ हजार १ सय ८५ रुपैयाँ कायम छ। 

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्थानीय बजारमा पनि बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विहीबार प्रति औंस १८ डलरले बढेर १७३६.५६ डलर कायम भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ श्रावण २०७९, बिहिबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।