प्यारासुट नेचुराल स्याम्पुको “सँगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरु

0
Shares

काठमाडौं–प्यारासुट नेचुराल स्याम्पुकोले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो “सँगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरु गरेको छ । उक्त क्याम्पेन मार्फत, ब्राण्डले बृहत सेवाग्राहीहरुसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्य लिएको छ ।

“सँगीको साथ साउन” विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिला मित्रहरुमा केन्द्रित अभियान हो ।

प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामाग्रीहरु रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने हुनाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दिर्भिक छ ।

अभियानको मूल भाबलाई ब्राण्ड र प्रकृतिको बिशेष गुणसँग पंक्तिबद्ध गर्दै प्यारासुट स्याम्पु बृहत दर्शकहरुसँग आफ्नो सम्बन्धमा अझ सामिप्यता, प्रगाढता र मधुरयर्ता थप्ने उद्धेश्य राख्दछ । “सँगीको साथ साउन” आफ्नो पूर्व–अभियान “केमिकललाई भनौं नो, प्राकृतिकलाई भनौं यस” को बिस्तारित अभियान पनि हो ।

प्यारासुट स्याम्पु प्राकृतिक विशेषताहरुले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरुलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई यो अभियानले अझ प्रस्ट्याएको छ ।

क्याम्पेनमा आकर्षणका थप पाटोहरु थप्न, ब्राण्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरुको पनि आयोजना गर्नेछ, जसमा दर्शकहरुलाई आकर्षक उपहार र गिभअवेहरु दिइनेछन् । प्यारासुट नेचुरालले अभियान भरिनै यस प्रकारको रमाइलो गतिविधिहरु आयोजना गरिरहनेछ । यसका साथै, प्यारासुटले सोसीयल मिडिया इन्फ्लुयेन्सरहरुसँग उपहार अभियानका लागि पनि सहकार्य गर्नेछ, जसमा टिकटक इन्फ्लुयेन्सरहरुले ब्राण्डको बारेमा भिडियोहरु पोस्ट गर्नेछ र आफ्ना फ्लोअरहरुलाई उपहार दिनेछ ।

प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, हेना, रेड हिबिस्कस र एलोभेरा जस्ता प्राकृतिक सामाग्रीहरुको मात्र प्रयोग गरिन्छ ।

मेरिको, स्वास्थ्य, सौन्दर्य र कल्याणकारी क्षेत्रमा काम गर्ने एक उदीयमान बहुराष्ट्रिय कम्पनी हो । मेरिकोले एसिया र अफ्रिका उदीयमान २५ भन्दा बढी देशहरुमा आफ्नो बजार बिस्तार गर्दै आइरहेको छ ।

यसले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, स्वस्थ खाना, सरसफाई, र कपडाको हेरचाहका क्षेत्रहरुमा अग्रणी ब्राण्डहरुको सम्बर्धन गर्दछ । कम्पनीले २०१९–२० मा भारतमा बेचेका उत्पादनहरु साथै एसिया र अफ्रिकामा छनौट गरिएका बजारहरु मार्फत एक बिलियन डलरको कारोबार गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।