मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष ०७८/०७९ मा २० करोड ८१ लाख रूपैयाँ खुद नाफा गरेको छ ।
अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले १९ करोड २७ लाख रूपैयाँ नाफा गरेको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर ३३ करोड ४ लाख रूपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५२ करोड २० लाख ८५ हजार रूपैयाँ छ । कम्पनीको जगेडा कोष करिब ८० प्रतिशतले बृद्धि भई ४५ करोड १९ लाख नाघेको छ ।
गत आवमा कम्पनीले ५ अर्ब ६७ करोड रुपैयाँ सापटी तथा २ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब ८३ करोड रुपैया कर्जा लगानी गरेको छ । संस्थाले ५४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। खुद ब्याज आम्दानी २१.४५ प्रतिशतले बढेको हो।
संस्थाले खराब कजर्वा १.६५ प्रतिशत छ । संस्थाको प्रतिसेयर आम्दानी ३९.८८ रुपैयाँ, पीई रेसियो २६.३३ गुणा तथा प्रतिसेयर नेटवर्थ १८६.५६ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया