देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

0
Shares

नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरिएको छ । देवचुली नगरपालिका र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारीले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा सो आग्रह गरेका हुन ।

देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत साधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्र बीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरयो । उद्योग स्थापना, पर्यटन विकास, सार्वजनिक स्थलतथा पूर्वाधार निर्माण लगायतमा लगानीको प्रचुर सम्भाव्यता रहेको कुरालाई प्रतिनिधिमण्डलले स्पष्ट पारेको थियो ।

देउचुलीका मेयर हरिप्रसाद न्यौपानेले देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारकातर्फबाट गर्नुपर्ने सवै प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको विश्वास दिलाए । नेपाल उद्योग वाणिज्य महासघको राष्ट्रिय अन्तराष्ट्रियतहमा बलियो प्रभाव रहेकाले महासंघमार्फत स्वदेशी एवं विदेशी लगानी भित्रयाउने कार्यमा सहयोग गरिदिन मेयरले आग्रह गरे।

महासंघका अध्यक्ष गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघ बीचको सहकार्यदेखेर आफू अत्यन्त प्रभावित भएको बताउंदै देवचुलीमा रहेको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराई त्यसैको आधारमा त्यस क्षेत्रको विकासमा अगाडि बढ्न सुुझाव दिए ।

महासंघले आफ्ना तर्फबाट सहयोग गर्न हामी तयार छौं तर एउठा ठोस अध्ययनका आधारमा लगानी प्रवद्र्धन सहित आर्थिक विकासका कुरालाई अगाडि बढाउन पाइयो भने त्यसले छिटो मूर्तरुप लिन सक्ने सुुझाव अध्यक्ष गोल्छाको भनाई थियो ।

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघ बीच सहकार्यको यो प्रयासले नै त्यस क्षेत्रमा अर्थिक विकासको बलियो सम्भावना रहेको बताउने धारणा राखे ।

स्थानीय सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई स्थानीय ऐनले पनि महत्वपूर्ण प्राथमिकता दिएकाले राजस्व संकलन, बस पार्क, मनोरज्जन पार्क, केवलकार निर्माण, सरसफाई लगायतका क्षेत्रमा काम गर्न सकिने बताए । नगरपालिका र संघ मिलेर आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गरी त्यसैको आधारमा दिगो रुपमा सहकार्य गर्न सहमतीपत्र हस्ताक्षर गरेर जानपनि उनीहरुको सुझाब थियो ।

देवचुली उवांघका अध्यक्ष सूूर्य प्रसाद दवाडीले समृद्ध देवचुलीको भोक स्थानीय सरकार र निजी क्षेत्र दुवैलाई भएकाले देवचुलीमा लगानीको अभियानलाई अगाडि बढाइएको स्पष्ट पारे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार  १८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।