मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर मंगलबार बाँडफाँड हुँदै


मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ मंगलबार साँझ बाँडफाँड हुने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार नक्सालस्थित क्यापिटलको कार्यालयमा मंगलबार साँझ ४ बजे साधारण सेयर बाँडफाँड गरिन लागिएको हो ।

कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

निष्काशन भएको कम्पनीको साधारण सेयरमा १६ लाख १० हजार ९२६ वटा आवेदन परेको क्यापिटलले जनाएको छ ।

उल्लेखित आवेदकमध्ये १ लाख ९ हजार ३७४ आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् । उल्लेखित आवेदक मध्येबाट ८ जनाले थप १ कित्ता सेयर पाउनेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।