मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, १४ लाखले पाएनन्


मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार साँझ आईपिओ बाँडफाँड गरिएको हो ।

आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले आवेदन गरेकोमा १ हजार ६६५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी १५ लाख ४६ हजार २८४ वटा आवेदनलाई सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

जसमध्ये गोलप्रथाबाट न्युनतम १० कित्ताको दरले १ लाख ९ हजार ३७४ जना आवेदकलाई सेयर बाँडफाँड गरिएको छ । बाँकी १४ लाख ३७ हजार आवेदकको हात खाली भएको छ ।

अड लटको सेयर १ कित्ताका दरले आवेदकलाई थपिएको क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ साउन २०७९, मंगलबार  १७ : १९ बजे