मनकामना केबलकार डिजिटल प्रणालीमा स्तरोन्नति

0
Shares

नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ ।

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् ।

स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।