कोभिड कालमा दिइएका अधिकांस सहुलियत खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि कोभिडको समयमा दिइएका सहुलियतहरु स्थगित गरेको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दे विगतमा दिइएका ग्रेस अवधि कर्जाको पेनाल तथा पुनरसंरचना र पुनतालिकरण लगायतका सुविधाहरु हटाएको हो ।

केन्द्रीय बैंकले कोरोना महामारीको कारण अर्थतन्त्रलाई गति दिनका लागि व्यवसायी तथा ऋणीलाई सहज हुने नीति अबलम्बन गरेको थियो । उक्त नीतिले आर्थिक गतिविधि विस्तार भएपनि उत्पादन मूलक क्षेत्रको लगानी नवढेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि हटाएको हो ।

आर्थिक गतिविधि विस्तारका लागि उत्पादन बढाउन सहुलियत दिएको भएपनि अनुत्पादक क्षेत्रमा लगानी विस्तार भएपछि पछिल्लो समयमा अर्थतन्त्रमा खतराको घण्टि बजेको छ।

त्यसले गर्दा पनि केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा गएको कर्जा नियन्त्रण गरी उच्च दवावमा रहेको बाह्य स्थीतिलाई सुधार गर्ने योजना सहित विगतका सुविधा हटाएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले कोभिड–१९ को कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न/संचालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन/संचालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाबाट ग्रेस अवधि पाउने व्यवस्थालाई हटाएको हो ।

सम्बन्धित निकायबाट स्वीकृति प्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने व्यवस्थालाई समेत हटाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जा मध्ये कोभिड–१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रका हकमा पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिने व्यवस्थालाई समेत खारेज गरेको छ । साथै केन्द्रीय बैंकले कालोसूचीमा नराख्ने व्यवस्थालाई समेत हटाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।