उत्पादनशील र व्यापारीक कर्जाको ब्याजदर फरक गरिने

0
Shares

नेपाल राष्ट बैकले चालु आर्थिक वर्ष देखि उत्पादनशील र व्यपारीक क्षेत्रको कर्जाका लागि फरक ब्याजदर कायम गरेको छ ।

बैंक वित्तीय संस्थाबाट प्रबाह भएको कर्जा अनुसार उत्पादन नबढेपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत उत्पादन बढाउन व्यापारीक र उत्पादन मुलक क्षेत्रको कर्जाको ब्याजदर फरक गर्ने व्यवस्था गरेको हो । बैंक वित्तीय संस्थाको लगानी अनुत्पादन मूलक क्षेत्रमा केन्द्रित भएपछि ब्याजदर फरक गर्ने भएको हो ।

त्यसैगरी मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।