व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई संस्थागतको भन्दा २ प्रतिशत धेरै ब्याज

0
Shares

नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपकर्ताको ब्याजदर थप एक प्रतिशत विन्दुले घटाएको छ । केन्द्रीय बैंकले संस्थागतलाई दिने ब्याजदर भन्दा व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई दिने ब्याजदर २ प्रतिशत विन्दुले धेरै हुनुपर्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्ने प्रयोजनका लागि निर्देशन जारी गर्दै संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपकर्ताको ब्याज अन्तर २ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।

संस्थागत मुद्दती निक्षेपको बोलकबोल समेतमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशनमा उल्लेख छ ।

यसभन्दा अघि संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था थियो ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ब्याजदरका सन्दर्भमा नयाँ व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर पस्ताव गरीसकेपछि नीतिगत दरहरुमा परिवर्तन भएको खण्डमा बैंकहरुले तत्काल नयाँ ब्याजदर प्रकाशित गरेर लागु गर्न सक्ने व्यवस्था थप गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नीतिगत दर परिवर्तन गर्यो । तर, मैद्रिक नीति आउनु भन्दा अघि बैंक वित्तीय संस्थाले साउन महिनाको ब्याजदर प्रकाशित गरीसकेका थिए ।

त्यसले गर्दा बढेको नीतिगत दरलाई ब्याजदरमा बैंक वित्तीय संस्थाले समायोजना गर्न पाएका थिएनन । सोही अवस्थालाइ विश्लेषण गरेर केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिनेछ । आगामी महिनाको लागि निक्षेपमा (स्वदेशी तथा विदेशी मुद्रा) लागु हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्व प्रकाशित गरिसक्नु पर्नेछ । तर, नेपाल राष्ट्र बैंकले तय गर्ने बैंकदर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने व्यवस्था गरेको हो । यसभन्दा अघि यस्तो व्यवस्था थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।