इलिक्सर एकेडेमीले घोषणा गर्यो एक लाखको पुरस्कार

0
Shares


कुमारीगाल, चाबहिल, काठमाडौँ अवस्थित इलिक्सर एकेडेमीबाट २०७८ सालको एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थीहरुमध्ये २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन्।

देश भरबाट ४२ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकामा काठमाडौँ जिल्लाबाट १० जना पर्न सफल छन् । जसमध्ये इलिक्सर एकेडेमीबाट १२औँ व्याचका कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जिपिए ल्याएका हुन् ।

काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालय घोषणा भएको इलिक्सर एकेडेमीका ४ जिपिए ल्याउन सफल २ जना विद्यार्थीलाई विद्यालयले प्रतिविद्यार्थी एक–एक लाखको पुरस्कार घोषणा गरेको छ ।

विद्यालयका प्रधानाध्याक रविन दाहाल भन्छन्, ‘‘आफ्नो देशलाई विश्वका विकसित मुलुकहरुको दाँजोमा पुर्याउन सक्ने २१औँ शताब्दी सुहाउँदो योग्य, सक्षम, इमान्दार एवम कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य र रहेको छ ।’’

यस वर्ष काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालय ठहरिएको इलिक्सर एकेडेमीले यसअघि पनि राम्रो नतिजा हासिल गरेको छ । पुरस्कारले विद्यार्थीहरुमा मेहनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउँछ भन्ने मान्यता राख्ने प्रधानाध्यपक दाहाल अगाडि भन्छन्, ‘‘आउँदा वर्षहरुमा पनि विद्यार्थीहरुको मनोबल उच्च राख्न हामीले पुरस्कार घोषणा गरेका हौँ । आउँदा वर्षहरुमा पनि ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई एक–एक लाखको पुरस्कार प्रदान गरिनेछ ।’’

विद्यालयका अंग्रेजी शिक्षक उमेश अधिकारी भन्छन्, यस वर्ष हामीले अभूतपूर्व सफलता प्राप्त गरेको छौँ । यो वर्ष काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालय ठहरिए पनि आगामी वर्षहरुमा देशभर एक नम्बर विद्यालय बन्ने हाम्रो लक्ष्य हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।