बेलायतमा आर्थिक मन्दी हुने केन्द्रीय बैंकको चेतावनी

0
Shares

बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्यान्डले चालु आर्थिक वर्षको अन्त्यमा आर्थिक मन्दी हुने चेतावनी दिएको छ ।

मुद्रास्फीति दर १३ प्रतिशत पुगेपछि बेलायती केन्द्रीय बैंकले २७ वर्ष यताकै उच्च ०.५ प्रतिशतले ब्याजदर वृद्धि गरी १.७५ प्रतिशत पु¥याएको हो ।

आक्रामक रुपमा केन्द्रीय बैंकले ब्याजदर बढाउँदा देशमा आर्थिक मन्दी हुने सम्भावना रहेता पनि दीर्घकालीन रुपमा मूल्यवृद्धि बढ्दै जानुले अर्थतन्त्रमा थप प्रभाव पार्ने बैंक अफ इङ्ग्ल्यान्डका गर्भनर एन्ड्रीउ बेलीले बताएका छन् ।

बेलायतमा मुद्रास्फीति दर उच्च हुनुको कारण रुस–युक्रेन युद्ध र युद्धका कारण इन्धनको मूल्यमा आएको वृद्धि रहेको उनले जनाएका छन् ।

बैंक अफ इङ्ग्ल्यान्डले आर्थिक मन्दी चालु आर्थिक वर्षको अन्त्यबाट सुरु भई सन् २०२३ को अन्त्य सम्म रहने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।