सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो, चाँदी १५ रुपैयाँ सस्तियो

0
Shares

सुनको भाउ नेपाली बजारमा आइतबार तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले सस्तिएर कारोबार भएको छ ।

गत बिहीबार र शुक्रबार गरी दुई दिनमा १ हजार ५०० रुपैयाँले बढेको सुन आइतबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा ८०० रुपैयाँ र शुक्रबार तोलामा थप ७०० रुपैयाँले बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै आज चाँदीको भाउ १५ रुपैयाँ घटेर १ हजार २०५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । उक्त दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७७५ डलर तथा चाँदी प्रतिऔंस १९.९० डलर हाराहारीमा कारोबार भैरहेका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।