इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल कमरले जिते बम्पर उपहार


इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल कमरले बम्पर उपहार जिेतका छन् । गत बैशाखदेखि साउन ४ गतेसम्म सञ्चालन भएको योजनाको बम्पर जित्दै कमलले ५० हजार रुपैंया नगद पुरस्कार जितेका हुन् ।

कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सञ्चालन गरेको थियो । “बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔं” भन्ने मूल नाराका साथ १४ हप्तासम्म चलेको योजनामा रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनाका दरले योजना अवधि भर ९८ जनालाई प्रत्येक दिन ५ हजार रुपैंया नगद उपहार प्रदान गरिएको इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमुलक योजना “रेमिटोत्सव” सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट भित्र्याउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने बताएका उनले योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएको जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।