सेयर आपूर्ति बढ्यो: हिमालयन बैंकको २ करोड २८ लाख कित्ता बोनस सूचीकृत

0
Shares

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सूचीकृत कम्पनीहरुले वितरण गरेका बोनस सेयर धमाधमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत गराउन थालेसँगै दोस्रो बजारमा सेयरको आपूर्ति बढेको छ ।

मंगलबार नेपाल टेलिकमको ३ करोड कित्ता बोनस थपिएकोमा बुधबारै हिमालयन बैंकको सवा २ करोड बढी कित्ता दोस्रो बजारमा खरिद बिक्री गर्न मिल्नेगरी सूचीकृत भएको हो । घट्दो बजारमा बढ्दो सप्लाईका कारण सेयर बजार थप दबाबमा देखिएको छ ।

बुधबार हिमालयन बैंक लिमिटेडको २ करोड २८ लाख कित्ता बोनस सेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हाे ।

नेप्सेका अनुसार बैंकको चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस बापतको २ करोड २८ लाख ४३ हजार २४८ दशमलव ९७ कित्ता बोनस आज सूचीकृत भएको हो ।

हिमालयन बैंक लिमिटेडको पुस ३० गते, शुक्रबार सम्पन्न भएको उनन्तीसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.६४ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सूचीकृत उक्त बोनस बैंकको उनन्तीसौँ वार्षिक साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिन (२०७८ पुस २९) सम्म सेयर खरिद गर्ने लगानीकर्ताले पाउनेछन् । उक्त बोनस सेयर सम्बन्धीत लगानीकर्ताले डिम्याट खातामा प्राप्त भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।