फाइनान्स कम्पनीहरुको खुद नाफा ३२ प्रतिशत घट्यो, कसले कति कमायो ?

0
Shares

फाइनान्स कम्पनीहरुको खुद नाफा गत आर्थिक वर्ष २०७८/७९ मा ३२.१६ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी ३८.१० प्रतिशतले बढेको भएपनि नाफा भने घटेको हो ।

तथ्याङ्क अनुसार गत आवमा फाइनान्स कम्पनीहरुले १ अर्ब ३३ करोड ७५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुको खुद नाफा १ अर्ब ९७ करोड १७ लाख ३३ हजार रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्ष धेरै फाइनान्स कम्पनीहरुले सेयर बजारमा समेत राम्रो नाफा कमाएका थिए । तर केन्द्रीय बैंकले गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर कारोबारमा कडाई गरेको थियो । यसले ट्रेडिङ्ग इन्कम घटेका कारण पनि फाइनान्सहरुको नाफामा असर देखिएको हो ।

अर्कोतर्फ गत आवमा सेयर बजार सेयर बजार पनि लगातार घट्दो क्रममा रहँदा फाइनान्स कम्पनीहरुले आम्दानी स्रोतमै गिरावट आयो । तर फाइनान्स कम्पनीहरुको दैनिक प्रसाशनिक खर्च र कमर्चारी खर्च भने बढ्न पुग्यो जसको असर नाफामा देखिएको छ ।

गत आवमा आईसिएफसि फाइनान्सले सबैभन्दा धेरै २० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो कम्पनीपछि गुडविल फाइनान्सले १८ करोड ८५ लाख, बेष्ट फाइनान्सले १६ करोड ७२ लाख, मञ्जुश्री फाइनान्स १० करोड ८४ लाख र पोखरा फाइनान्सले १० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै गुहेश्वरी मर्चेन्ट ९ करोड ७९ लाख, गोर्खाज फाइनान्स ९ करोड २१ लाख, श्री इन्भेष्ट एण्ड फाइनान्स ९ करोड १९ लाख, रिलायन्स फाइनान्स ७ करोड २७ लाख, सेन्ट्रल फाइनान्स ६ करोड ४४ लाख, प्रोगेशिभ फाइनान्स ५ करोड १ लाख, नेपाल फाइनान्स ४ करोड ८५ लाखर जानकी फाइनान्सले ४ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस अवधिमा समृद्धि फाइनान्सको खुद नाफा ६४ लाख ३१ हजार तथा मल्टिपर्पस फाइनान्सले सबैभन्दा कम ४० लाख ८७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको हो ।

  SYMBOL Net Profits in Thousand
S.N. Finance Company FY 2078/2079
FY  2077/2078
Change %
1 NFS 48577.00 26228.00 85.21
2 SFCL 6431.00 4501.00 42.88
3 PROFL 50148.48 41152.45 21.86
4 RLFL 72701.00 136609.00 -46.78
5 JFL 43089.07 63512.62 -32.16
6 ICFC 200600.85 196273.76 2.20
7 MFIL 108438.00 568119.00 -80.91
8 GMFIL 97984.04 101973.00 -3.91
9 GFCL 188555.62 183192.54 2.93
10 MPFL 4087.75 15535.08 -73.69
11 CFCL 64394.30 109230.58 -41.05
12 BFC 167201.36 82383.16 102.96
13 PFL 101323.43 127082.79 -20.27
14 GUFL 92113.38 201896.34 -54.38
15 SIFC 91950.10 114044.42 -19.37
  Total 1337595.38 1971733.74 -32.16

चार फाइनान्सको नाफा आकर्षक बढ्दा आठको उच्च घट्यो

गत आर्थिक वर्ष २०७८।७९ मा चार फाइनान्स कम्पनीहरुको खुद नाफा उच्च बढ्दा आठ कम्पनीको खुद नाफा उच्च घटेको छ । सञ्चालनमा रहेका कुल १५ फाइनान्स कम्पनीमध्ये ९ वटाको नाफा घट्दा ६ कम्पनीले नाफा वृद्धि गरेका छन् ।

तथ्याङ्क अनुसार बेष्ट फाइनान्सको खुद नाफा सर्वाधिक १०३ प्रतिशतले बढ्दा नेपाल फाइनान्स ८५ प्रतिशत, समृद्धि फाइनान्स ४३ प्रतिशत, र प्रोगेशिभ फाइनान्सले २२ प्रतिशत हाराहारीमा खुद नाफा वृद्धि गरेको छ । यसैगरी गुडविल फाइनान्सको २.९३ प्रतिशत र आईसीएफसी फाइनान्सको २.२० प्रतिशतले खुद नाफा बढेको छ ।

गत आवमा मञ्जुश्री फाइनान्सको सर्वाधिक ८१ प्रतिशतले खुद नाफा घट्दा मल्टिपपर्स फाइनान्स ७४, गोर्खाज फाइनान्स ५४, रिलायन्स फाइनान्स ४६, सेन्ट्रल फाइनान्स ४१, जानकी फाइनान्स ३२, पोखरा फाइनान्स २० प्रतिशत, श्री इन्भेष्ट फाइनान्स १९ प्रतिशत र गुहेश्वरी मर्चेन्टको ४ खुद नाफा ४ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्सको खुद ब्याज आम्दानी सर्वाधिक बढ्यो

गत आर्थिक वर्ष २०७८।७९ मा नेपाल फाइनान्सको खुद ब्याज आम्दानी २८४ प्रतिशतले बढेर ७ करोड ७२ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ । दोस्रो ठूलो वृद्धि गरेको समृद्धि फाइनान्सले १६४ प्रतिशत बढाएर ७ करोड १० लाख तथा तेस्रो ठूलो प्रोगेशिभ फाइनान्सको खुद ब्याज आम्दानी १०२ प्रतिशत वृद्धि गर्दै १६ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत आवमा रिलायन्स फाइनान्सले ६७ प्रतिशत, जानकी फाइनान्स ५८ प्रतिशत, आइसिएफसि फाइनान्स ५५ प्रतिशत, मञ्जुश्री फाइनान्स ५२ प्रतिशत, गुहेश्वरी मर्चेन्ट ३४ प्रतिशत, गुडबिल फाइनान्स ३१ प्रतिशत, मल्टिपपर्स फाइनान्स २७, सेन्ट्रल फाइनान्स २६ प्रतिशत, बेष्ट फाइनान्स २१ प्रतिशत, पोखरा फाइनान्स १० प्रतिशत, गोर्खाज फाइनान्स ९ प्रतिशत र श्री इन्भेष्ट एण्ड फाइनान्स १.१३ प्रतिशते बढाएको छ ।

S.N. SYMBOL Net Interest Income in Thousand
Finance Company FY 2078/2079
FY  2077/2078
Change %
1 NFS 77231.00 20099.00 284.25
2 SFCL 71002.00 26873.00 164.21
3 PROFL 161331.11 79713.64 102.39
4 RLFL 252819.00 150928.00 67.51
5 JFL 182809.66 115141.03 58.77
6 ICFC 470621.38 303920.36 54.85
7 MFIL 428883.00 281107.00 52.57
8 GMFIL 249592.00 185234.00 34.74
9 GFCL 347133.91 265549.56 30.72
10 MPFL 33167.07 25942.04 27.85
11 CFCL 235246.76 185886.08 26.55
12 BFC 126653.71 103936.43 21.86
13 PFL 354786.51 319910.18 10.90
14 GUFL 236528.05 215856.93 9.58
15 SIFC 216182.83 213774.91 1.13
  Total 3443987.98 2493872.16 38.10

गत आर्थिक वर्षमा आइसिएफसि फाइनान्स ४७ करोड ६ लाख, मञ्जुश्री फाइनान्स ४२ करोड ८८ लाख, पोखरा फाइनान्स ३५ करोड ४७ लाख, गुडविल फाइनान्स ३४ करोड ७१ लाख, रिलायन्स फाइनान्सले २५ करोड २८ लाख, गुहेश्वरी मर्चेन्ट २४ करोड ९५ लाख, गोर्खाज फाइनान्स २३ करोड ६५ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्स २३ करोड ५२ लाख, श्री इन्भेष्ट एण्ड फाइनान्सले २१ करोड ६१ लाख ८२ हजार रुपैयाँ, जानकी फाइनान्स १८ करोड २८ लाख, बेष्ट फाइनान्स १२ करोड ६६ लाख र मल्टिपपर्स फाइनान्सले सबैभन्दा कम ३ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।