बैंकमा रोजगारीः कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

0
Shares

आम सर्वसाधारणलाई बैंकमा रोजगारी खुला भएको छ । कामना सेवा विकास बैंकले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकबाट रोजगारीका लागि आवेदन दिन आह्वान गरेको हो ।

बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको हो । जसअन्तर्गत चिफ विजनेश अफिसर (म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजर) तथा चिफ रिक्स अफिसर ( म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजर) का लागि कर्मचारीको माग गरेको हो ।

बैंकको वेवसाइटबाट आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । इच्छुक, योग्यता पुगेका र स्वउत्पेरित व्यक्तिहरुले भदौ २ गते (१८ अगष्ट) भित्र आवेदन दिनुपर्नेछ ।

बैंकको मुख्य शाखा कार्यालय (हेड अफिस) ज्ञानेश्वर तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।