युनाइटेड फाइनान्स र बंगलादेश बैंकका सेयरधनीले बक्यौता लाभांश नलिए संरक्षण कोषमा जम्मा हुने


तत्कालीन युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका सेयरधनीले पछिल्ला ५ आर्थिक वर्षमा संकलन नगरेको लाभांश महिना दिनमा संकलन नगरे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ ।
नबिल बैंकले आफुमा विलय भएका दुवै संस्थाका सेयरधनीहरुलाई ५ आर्थिक वर्षको नगद लाभांश संकलन गर्न आग्रह गर्दै १ महिनाको समय दिएको हो ।

बक्यौता लाभांश संकलन गर्नका लागि नक्सालस्थित नबिल इन्भेष्टमेण्ट बैंकिङको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । नगद लाभांश संकलन नगरेका सेयरधनीहरुको सूची नबिल बैंकको वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।