कुमारी क्यापिटलको ५ प्रतिशत लाभांश, मर्जरका लागि पार्टनर खोज्दै


कुमारी क्यापिटलले गत आर्थिक वर्षको आम्दानीबाट ५ प्रतिशत नगद लभांशा वितरण गर्ने भएको छ ।

क्यापिटलले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा समेत आह्वान गरेको छ ।

क्यापिटलले टंगालस्थित आफ्नो कार्यालयमा बोलाएको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्दैछ ।

साथै क्यापिटलले मर्जरमा जानका लागि गठित मर्जर समितिले गरेका काम अनुमोदन गर्दै नयाँ मर्जर समिति गठन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ । साधारण सभा आगामी भदौ २० गते ३ बजेका लागि बोलाइएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।