सिद्धार्थ म्युचुअल फण्डका २ योजनाको बुक क्लोज तोकियो, लाभांश कहिलेसम्म पाइन्छ ?


सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ ईक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को बुक क्लोज तोकिएको छ । केही दिन अघि मात्र दुवै योजनाको प्रतिफल घोषणा भएको थियो ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीलाई कर सहित ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त लाभांश प्रयोजनका लागि आगामी भदौ ७ गते बुक क्लोज गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । भदौ ६ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको प्रतिफल पाउनेछन् ।

प्रस्तावित लाभांश अनुसार आर्थिक वर्ष २०७८।७९ का लागि सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीलाई १३ करोड ५० लाख रुपैयाँ तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई १२ करोड रुपैयाँ प्रतिफल वितरण हुनेछ ।

आव २०७७।७८ मा सिद्धार्थ इक्वीटी फण्डले इकाईधनीलाई कर सहित ३० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले कर सहित ३० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।