नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

0
Shares

नारायणी डेभलपमेन्ट बैंकले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले १ः १ को अनुपातमा सेयरधनीहरुलाई प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा डेभलपमेन्ट बैंक र क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

साउन ३० गते ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड रुपैयाँ र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ छ । हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।