रैराङलाई गाभेपछि रिडी पावरले कमायो ५४ करोड, व्यापार बढ्यो


रैराङ हाइड्रो पावरलाई आफुमा विलय गरेको रिडी पावरले खुद नाफा, विद्युत व्यापार लगायतका सूचाङ्कमा फराकिलो अन्तरले सुधार गरेको छ ।

साविकको रिडी हाइड्रोबाट विलय पछि नाम परिवर्तन गरी रिडी पावर कम्पनी बनेपछि गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब १ करोड ६ लाख रुपैंयाको विद्युत बिक्री गरेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ८७ लाख रुपैंयाको विद्युत बिक्री गरेको थियो ।

प्रत्यक्ष खर्च वृद्धि भएको कम्पनीको गैर सञ्चालन खर्च पनि बढेको छ । मर्जरका कारण खर्च बढ्दा व्यवसायमा धेरै वृद्धि भएका कारण खुद नाफामा फराकिलो अन्तरको सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ४४ लाख रुपैंया खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा ५८ करोड ५५ लाख रुपैंयाको चुक्ता पूँजी बढेर १ अर्ब १० करोड ६३ लाख रुपैंया पुगेको कम्पनीको जगेडा कोषको आकार ७ करोड ३९ लाख रुपैंयाबाट घटेर ५ करोड ४७ लाख रुपैंया कायम भएको छ भने ३ करोड ९२ लाख रुपैंयाको पुँजीगत जगेडा सञ्चित छ ।

४९ रुपैंया २१ पैसा प्रतिसेयर आम्दानी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५३ रुपैंया ५ पैसा छ । कम्पनीको मूल्य आम्दानी अनुपात १७.०२ गूणाले बढी छ ।

रिडीको १०० बराबर रैराङको ९३ कित्ताको अनुपातमा विलय पुरा भएको थियो । विलय प्रकृयाले पूर्णता पाएसँगै रिडी पावर कम्पनीको नामबाट सेयर कारोबार खुले पछि सोमबार नकरात्मक सर्किट लागेर सेयर मूल्य घटेको थियो ।

रिडी पावर लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।