सुनको भाउ तोलामा ७०० ले घट्दा चाँदी १५ रुपैयाँले सस्तियो

0
Shares

अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको छ ।

मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ १५ रुपैयाँ घटेको हो ।

आइतबार तोलामा ५०० रुपैयाँले उकालो लागेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो । यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

महासंघका अनुसार हिजो सोमबार छापावाल सुन ९७ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ९०० रुपैयाँ तोकिएको थियो । चाँदी १ हजार २३५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८२ डलर तथा चाँदी प्रतिऔंस २०.२४ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।