सेयर बजारको वृद्धि टिकेन, २५ अंकले सूचक घट्दा रिडी पावरको सर्वाधिक कारोबार

0
Shares

सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार पुनः घटेको छ । एक सय चौध अंकको गिरावटपछि सोमबार छैटौं दिनमा ५५ अंकले बढेको बजार त्यसको भोलिपल्टै २४.८३ अंकले घटेको हो ।

नेप्सेका अनुसार आज २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपयाँको सेयर खरिद बिक्री भएको छ । जसमा रिडी पावरको हिस्सा १५ प्रतिशत रहेको छ । कम्पनीको मात्रै ४० करोड ४२ लाख ४७ हजारको सेयर कारोबार भएको हो ।

यसदिन २२१ कम्पनीका ६४ लाख ६ हजार ७३८ कित्ता सेयर ४३ हजार ३९२ संख्यामा खरिद बिक्री भयो । सबै उपसमुहगत सूचक ओरालो लागेको बजारमा जलविद्युत सर्वाधिक ३.१८ प्रतिशतले घटेको छ । विकास बैंक र फाइन्स २ प्रतिशत माथि घटेको बजारमा ब्यापार, निर्जीवन बीमा, उत्पादन, लघुवित्त र लगानी उपसमुहगत सूचक पनि १ प्रतिशत बढीले ओरालो लागेको छ ।

आज अपर हेवाखोलाको सेयरमूल्यमा सकारात्मक सर्किट लेबलमा सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १८७.२० रुपैयाँ पुगेको छ । कुमारी इक्वीटी फण्ड २.८१ र सिद्धार्थ इक्वीटी फण्डको इकाईमूल्य २ प्रतिशतले घटेको छ ।

आजको बजारमा युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य सर्वाधिक ५.६२ प्रतिशत अर्थात १०८४ रुपैयाँ घटेर १८ हजार १९१ रुपैयाँमा झरेको छ । दोर्दीखोला जलविद्युत, पन्चकन्या माई हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र आईएमई जनरलको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ ।

मंगलबारको बजारमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड ८२ लाख ४७ हजारको सेयर कारोबारमा आयो । यस्तै शिवम् सिमेन्टको ८ करोड ६८ लाख, हिमालयन डिष्टिलरी ५ करोड ८८ लाख, महालक्ष्मी विकास बैंक ५ करोड ८७ लाख, नेपाल टेलिकम ५ करोड ६१ लाख, अपि पावर ५ करोड १९ लाख, नेष्डो समृद्ध माइक्रोफाइनान्सको ५ करोड १४ लाखको सेयर कारोबार भयो । युनिभर्सल पावर र अरुण भ्याली पनि साढे ४ करोडको कारोबार गर्दै शीर्ष दश कम्पनीमा समेटिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।