जनउत्थान सामुदायिक लघुवित्तको घट्यो नाफा

0
Shares

जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा गत आर्थिक वर्षमा ६।८२ प्रतिशतले घटेको छ ।

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ३२ लाख रुपैयाँ थियो ।

लघुवित्तको निक्षेप संकलन १८.८२ प्रतिशत बढेर ८१ करोड २२ लाख पुग्दा सापटी १२ प्रतिशत घटेर १ अर्ब २६ करोड ५३ लाखमा झरेको छ । लघुवित्तको कर्जा लगानी १३.४५ प्रतिशत सुधार भएर २ अर्ब २४ करोड ८० लाख पुगेको छ ।

सार्वजनिक वितीय विवरण अनुसार असार मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ९.१२ प्रतिशतले बढेपनि सञ्चालन ५.२४ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीले १७ करोड १२ लाख ७७ हजार खुद ब्याज आम्दानी र ५ करोड २४ लाख ५६ हजार सञ्चालन नाफा कमाएको छ ।

चुक्ता पुँजी २५ प्रतिशत बढाएर १४ करोड ७९ लाख रुपैयाँ पुगेको जनउत्थानको लघुवित्तको जगेडा कोषमा ११ करोड ७४ लाख रुपैयाँ छ । अघिल्लो आवमा ९ करोड ८६ लाख रुपैयाँ रहेकोमा १९.०८ प्रतिशत बढेको छ ।

लघुवित्त कम्पनीमा खराब कर्जा अनुपात ३.९१ प्रतिशत रहँदा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ भने १९९.३० रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।