गरिमा क्यापिटलको कार्यालय हात्तीसारबाट कमलपोखरी सर्यो


गरिमा क्यापिटल (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) ले आफ्नो कार्यालय स्थानान्तरण गरेको छ ।

कमलपोखरी स्थित सिटी सेन्टरको विपरित तर्फको भवनको दोस्रो तल्लामा कार्यालय स्थानान्तरण भएको क्यापिटलले जनाएको छ ।

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सेवाहरु निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रशन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु प्रदान गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।