पिपुल्स पावरको आईपीओ पहिलो दिनमा करिब ३ लाखले भरे, मागभन्दा डेढ गुणा आवेदन

0
Shares

पिपुल्स पावर लिमिटेडले साउन ३१ गते मंगलबार देखि बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहलिो दिनमा नै करिब ३ लाख आवेदकबाट मागभन्दा साढे १ गुणा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा २ लाख ८६ हजार ४९४ वटा आवेदन परेको हो । उल्लेखित संख्याबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ताको माग परेको छ । यो संख्या सर्वसाधारणमा माग गरिएको संख्याको १.४७ गुणा हो ।

कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर जारी गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ छ । सर्वसाधारण लगानीकर्ताले २२ लाख ९४ हजार ६८२ कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि ५० हजार कित्तासम्ममा लागि आवेदन दिनसक्ने व्यवस्था छ । उक्त आईपीओ भदौ ५ गते निष्कासन बन्द हुनेछ । इच्छुक लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

थप समाचार-

पिपुल्स पावरको साढे २५ करोडको आईपीओमा आवेदन खुल्यो

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।