एनएमबि म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुले आर्थिक वर्ष २०७८/७९ मा कस्तो गरे ‘पफर्मेन्स’ ?


एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेका एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले गत आर्थिक वर्षमा राम्रो ‘पफर्मेन्स’ देखाएका छन् ।

उल्लेखित ३ मध्ये २ योजनाहरु १ वर्षभन्दा लामो अवधिदेखि सञ्चालनमा छन् भने गत आर्थिक वर्षमा राम्रो प्रतिफल पनि बितरण गर्ने तयारीमा छन् । एउटा फण्ड भने विगत ९ महिनादेखि सञ्चालनमा रहेका कारण प्रतिफल वितरणको अवस्थामा पुगिसकेको छैन भने पाँचौं फण्डका इकाई निष्काशन भईरहेको छ ।

३ वटा योजनाहरुको गत आर्थिक वर्षको वित्तीय सूचक हेर्दा एनएमबि हाइब्रिड फण्ड एल–१ को गत असार मसान्तसम्मा प्रतिइकाई खूद सम्पत्ति मुल्य (न्याभ) १३ रुपैयाँ १३ पैसा कायम थियो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फण्डको न्याभ १६ रुपैयाँ ८९ पैसा थयो ।

यस योजनाले गत आर्थिक वर्षको आम्दानीबाट इकाईधनीलाई २१.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश वितरण गर्नका लागि योजनाले साउन ३१ गते बुक क्लोज गरिसकेको छ । सोही दिन योजनाको इकाई मूल्य समायोजन भएको छ ।

एनएमबि फिफ्टीको गत असार मसान्तमा न्याभ १३ रुपैयाँ २८ पैसा थियो । अघिल्लो आर्थिक वर्षको असारमा फण्डको न्याभ १८ रुपैयाँ ९६ पैसा थियो । योजनाले गत आर्थिक वर्षको कमाईबाट इकाईधनीलाई २१.०५२६३ प्रतिशत नगद लाभांश बितरण गर्नका लागि साउन ३१ गते बुक क्लोज गरिसकेको छ । उल्लेखित दुबै योजनाको नगद लाभांश साउन ३० गते सोमबारसम्म कायम इकाईधनीहरुले पाउनेछन् ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना “एनएमबि सरल बचत फण्ड–इ” रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको २०७९ असारमा न्याभ ९ रुपैयाँ ११ पैसा छ ।

साथैे एनएमबि क्यापिटलको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” का इकाईहरु गत साउन २६ गते देखि निष्काशन भईरहेका छन् । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनाका इकाईमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।