सुनचाँदीको भाउ सस्तिँदै, बुधबार कतिमा हुँदैछ कारोबार ?

0
Shares

अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घट्दा हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको छ ।

पछिल्लो दिनमा सुनचाँदीको भाउमा निरन्तर गिरावट देखिएको छ ।

मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँ र सोमबार ४०० रुपैयाँले घटेको थियो । आइतबार भने सुनको भाउ ५०० रुपैयाँले बढेको थियो । यस्तै चाँदीको भाउ मंगलबार १५ रुपैयाँ र सोमबार १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो । आइतबार भने चाँदीको भाउ २५ रूपैयाँले बढेर काराेबार भएकाे थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर बुधबार १ हजार २१० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७७४ डलर तथा चाँदी प्रतिऔंस २०.०९ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।