खुलामुखी म्युचुअल फण्डको इकाई किन्ने आज अन्तिम

0
Shares

शुभ लक्ष्मी कोषको इकाई खरिद गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने उक्त फण्ड साउन १८ गतेदेखि निष्काशनमा आएको थियो । साउन २३ गतेसम्म सबै इकाई खरिद नभएपछि उक्त फण्डको इकाईमा आवेदन दिने म्याद ढिलो मितिसम्म लम्बिएको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरका ५ करोड इकाइ निष्कासन गर्न गरेको हो । यसको १५ प्रतिशत अर्थात ७५ लाख इकाइ लक्ष्मी बैंकले लिनेछ । बाँकी ४ करोड २५ लाख इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरेको क्यापिटलले जनाएको छ ।

शुभ लक्ष्मी कोषको इकाईका खरिदका लागि इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । यद्यपी दोस्रो बजारमा नै २२ प्रतिशतसम्म कम मुल्यमा इकाई खरिद गर्ने अवसर पनि लगानीकर्तामा छ । हाल धेरै म्युचुअल फण्डको इकाई ८ रुपैयाँमा दोस्रो बजारमा नै फालाफाल पाउन थालिएको छ । यसरी खरिद गरिने कतिपय इकाई भोलिका दिनमा सेयर बजारमा बढ्दा १० रुपैयाँ पुग्दा नै नाफामा पुग्ने भएकाले प्राथमिक बजारमा नै १० रुपैयाँमा खरिद गर्नु हाल लगानीकर्तालाई महङ्गो पर्नेहुन्छ ।

शुभ लक्ष्मी कोषको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । शुभ लक्ष्मी कोषको कोष प्रवद्र्धक लक्ष्मी बैंक र यसको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।