पछिल्लो दिनमा सुनचाँदीको भाउमा निरन्तर गिरावट देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घट्दा हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ १५ रुपैयाँले घटेको हो । सुन बुधबार तोलामा ५०० रुपैयाँ, मंगलबार ७०० रुपैयाँ र सोमबार ४०० रुपैयाँले घटेको थियो । यस्तै चाँदीको भाउ बुधबार १० रुपैयाँ, मंगलबार १५ रुपैयाँ र सोमबार १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अर्थात बिहीबार छापावाला सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ १ हजार १९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँ, तेजावी सुन ९५ हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार २१० रुपैयाँ निर्धारण गरिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७६३ डलर तथा चाँदी प्रतिऔंस १९.६७ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया