डिम्याट खाता, मेरो सेयरका साथै सेयर आवेदन नि:शुल्क कसरी गर्ने ? एकै ठाउँमा पाइन्छ २४ किसिमका नि:शुल्क सुविधा


नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका निक्षेप सदस्यहरूले हितग्राही (डिम्याट) खाता खोल्दा १०० रुपैंया र मेरो सेयर एक्टिभेट गरेको ५० रुपैयाँ शुल्क लिने गरेका छन् । हरेक वर्ष उल्लेखित दुवै सेवा नवीकरण गर्दा १५० रुपैयाँ  शुल्क लाग्ने गरेको छ भने साधारण सेयर तथा हकप्रदमा आवेदन दिँदा अधिकांश बैंकहरूले कम्तीमा १० देखि २५ रुपैयाँसम्म शुल्क लिने गरेका छन् । 

माथि उल्लेख भएका सबै सेवाहरू एकै स्थानबाट निशुल्क उपलब्ध गराउँदै बीमादेखि धेरै किसिमका सेवा एनआईसी एशिया बैंकले उपलब्ध गराउँदै आएको छ । बैंकको सर्वश्रेष्ठ बचत खातामा सहभागी सेवाग्राहीले माथि उल्लेख गरिएका सबै सेवाहरू निशुल्क पाउनुका साथै साधारण बचत खातामा मुद्दती खाताको सरह व्याज पनि पाउने छन् । 

सामान्यतया साधारण बचत खाता र मुद्दती खातामा ब्याजदर, बचतको अवधि लगायत विषयमा अन्तर हुने गरेकोमा एनआईसी एशियाले दुवै खाताका विशेषतालाई सर्वश्रेष्ठ बचत खातामा समावेश गरी सेवाग्राहीलाई धेरै लाभ दिलाउन खोजेको हो । धेरैभन्दा धेरै सेवाग्राहीलाई एनआईसी परिवारसँग जोड्ने लक्ष्यका साथ सुरु भएको यो बचत योजना सेवा र सुविधाका कारण लोकप्रिय भएको छ भने बचत खाता खोल्नेको संख्या धेरै छ ।

बचत खातामै मुद्दती खाताको ब्याज पाइने सुविधाका कारण यो खाता खोल्नेहरू दिनहुँ बढिरहेको बैंकको भनाई छ । बैंकका अनुसार सर्वश्रेष्ठ बचत खाता खोल्ने सेवाग्राहीको खातामा जम्मा हुने रकम मुद्दती खाताको प्रारूपमा उच्चतम् ब्याजदर गणना हुनेगरि जम्मा हुन्छ । बचत रकम यसरी जम्मा हुँदा बचत हुने अवधि निर्धारण हुँदैन । अर्थात मुद्दती निक्षेपमा जसरी लामो समय रकम झिक्न नपाइने हुँदै आफूलाई चाहिएको समयमा बचत रकम चलाउन सकिन्छ । नेपालका बैंकहरूमा यस किसिमको सेवा पहिलो पटक सञ्चालन गरेको दाबी गर्दै बैंकले सेवाग्राहीको पाटोमा पनि अहिलेसम्मकै उत्कृष्ट योजना रहेको जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेका अनुसार न्यूनतम एक लाख रुपैयाँ निक्षेप जम्मा गरेर सर्वश्रेष्ठ बचत खाता खोल्ने सेवाग्राहीले मात्र मुद्दती निक्षेपको सरह व्याज पाउने छन् । “बजार प्रतिष्पर्धा बढिरहेका बेला हामीले अलक सोचका साथ ल्याएको यो योजना धेरैले रुचाउनु भएको छ । यसलाई हामी निरन्तरता दिँदै जान्छौ,” न्यौपाने भन्छन् ।

बैंकका अनुसार सर्वश्रेष्ठ गुडविल एम्बेसडर बचत खातामा न्यूनतम एक लाख रुपैयाँ निक्षेप हुनुपर्नेछ । उक्त निक्षेप रकम २ लाख रुपैयाँभन्दा माथि पुगेपछि मुद्दती खाता सरह व्याज पाइनेछ । यस्तो व्याज २ लाख रुपैयाँभन्दा बढी मात्रामा जम्मा हुने रकममा उपलब्ध हुने बैंकको भनाई छ । ८.०३ प्रतिशत व्याज तोकिएको २ लाख रुपैयाँसम्मको निक्षेपमा उपलब्ध हुनेछ भने सो रकमभन्दा बढी रकमको मुद्दती निक्षेप सरह ११.०३ प्रतिशत व्याज पाइन्छ । 

बचत रकम २ लाख रुपैयाँभन्दा माथि पुगे पछि ९० दिन अवधिको मुद्दती निक्षेपमा रूपान्तरण हुने बचत रकममा दश हजार रुपैयाँको गुणाले भाग जाने गरी उच्चतम् व्याज उपलब्ध हुन्छ । उक्त अवधिसम्म रकम नचलाई राखेको खण्डमा मुद्दती निक्षेपको व्याज पाइन्छ भने बिचमा रकम चलाउँदा साधारण बचतको उच्चतम् व्याज पाइने बैंकको भनाई छ । यस्तो निक्षेपमा अवधि पुरा नहुँदा रकम चलाउन परेमा कुनै शुल्क लाग्दैन । तर, व्याज रकम भने ३ प्रतिशतले घटेर साधारण बचतको मात्र व्याज पाइन्छ । जुन साधारण र मुद्दती बचतबीचको ब्याजदर अन्तर हो । 

उल्लेखित सुविधासहित २ दर्जन सेवाहरू पाइने सर्वश्रेष्ठ गुडविल एम्बेसडर बचत खातामा ३ किसिमका बीमा सेवा, ३ किसिमका कर्जा सेवाका साथै अरु १८ किसिमका सेवा उपलब्ध हुने बैंकले जनाएको । ती सेवाहरू सेवाग्राहीका लागि महत्वपुर्ण हुने जनाएको बैंकका अनुसार बचतकर्ताको प्रतिफल उच्च बनाउन धेरै सेवाहरुलाई एकीकृत गरिएको हो । 

सर्वश्रेष्ठ बचत खाता खोल्ने सबै खातावालाहरुको २१ लाखदेखि ८४ लाख रुपैयाँसम्मको बीमा हुनेछ । जसमा ४० लाख रूपैयाँको दुर्घटना बीमा, ४० लाख रूपैयाँको घातक रोग बीमा र ४ लाख रूपैयाँको औषधि उपचार बीमा हुने बैंकको भनाई छ । यस्तो बीमा सुविधा खाता सुरु भएको पाँच वर्षसम्म उपलब्ध गराइने बैंकले जनाएको छ । 

पूर्व स्वीकृति कर्जा सुविधा अन्तरगत ३ महिनाको औसत निक्षेप रकमको दश गुणा बराबरको ऋण लिन सकिनेछ । यस्तो कर्जाको ब्याजदर आधार दरमा १ प्रतिशत प्रिमियम र ०.२५ प्रतिशतको योगका आधारमा निर्धारण हुनेछ । 

अहिले सबैजसो बैंकहरूले डेबिट कार्ड, मोबाइल बैंकिङ, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङमा सेवा शुल्क लिँदै आएका छन् । सर्वश्रेष्ठ बचत खातामा आबद्ध हुने सेवाग्राहीले डेबिट कार्ड तथा क्रेडिट कार्ड ५ वर्षसम्म निशुल्क पाउनेछन् भने अरु सेवा निशुल्क उपलब्ध हुनेछ ।

२४ सुधिा मध्ये ३ किसिमका बीमा सेवा, ३ किसिमका कर्जा सेवाबाहेकका १८ सेवा यस्ता छन् ।

क्र.सं.   विवरण फाईदा
१   डेबिट कार्ड पाँच वर्षको लागि निःशुल्क
२       मोबाइल बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क
३   इन्टरनेट बैंकिङ्ग   पाँच वर्षको लागि निःशुल्क
४   वार्षिक क्रेडिट कार्ड शुल्क पाँच वर्षको लागि निःशुल्क
५   क्रेडिट कार्ड सीमा  अधिकतम रू. ५ लाखसम्म

६ 

क्रेडिट कार्ड जारी शुल्क    निःशुल्क
७   क्रेडिट कार्ड वार्षिक शुल्क निःशुल्क
८   प्रिपेड डलर कार्ड   पाँच वर्षको लागि निःशुल्क
९       डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षको लागि निःशुल्क
१०       चेक क्लियरिङ पाँच वर्षको लागि निःशुल्क
११    RTGS  पाँच वर्षको लागि निःशुल्क
१२     IPS/CPS/Fund Transfer पाँच वर्षको लागि निःशुल्क
१३  लकर दस्तुर/लकर मार्जिन   पाँच वर्षको लागि निःशुल्क/१०० प्रतिशत मिनाहा
१४  Portfolio Management सेवा शुल्क पाँच वर्षको लागि ५० प्रतिशत छुट
१५    ई–कमर्श   निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क
१६  स्विप इन–स्विप आउट सुविधा   खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ ।
१७   एटीएम शुल्क देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क
१८   विदेशी मुद्रा (USD, GBP, EUR, CAD र AUD) सटही   २५ पैसा Premium वा Rebate

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।