रुसले आक्रमण गरेपछि समस्यामा परेको युक्रेनलाई अमेरिकाले ५० करोड डलर बराबरको सैन्य सहयोग गर्ने भएको छ ।
यो सहयोग अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पे्रसिडेन्सियल ड्रडाउन अथोरिटी प्रयोग गरी गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यम रोयटर्सले जनाएको छ ।
ह्वाइट हाउसका एक उच्च पदाधिकारीका अनुसार राष्ट्रपति जो बाइडेनले आगामी साता उक्त सहयोगको घोषणा गर्ने र सहयोगको रकम हतियारको मूल्यमा परिवर्तन हुँदा थोरै घटबढ हुन सक्ने जनाएका छन् ।
सन् २०२२ को फेबु्रअरी महिनामा रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन गरेपछि युक्रेनलाई सहयोग गर्ने क्रममा अमेरिकाले यस अघि नै अर्बै डलर सहयोग गरिसकेको छ ।
रुसलाई युक्रेनका थप सहरहरुमा आक्रमण गर्न रोक्ने हेतुले अमेरिका, बेलायत लगायत युरोपियन युनियनका राष्ट्रहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका छन् भने युक्रेनलाई आर्थिक तथा सैन्य सहयोग गरिरहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया