एनएमबि बैंकको ‘एनएमबि स्मार्ट नारी बचत खाता’

0
Shares

एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना “एनएमबि स्मार्ट नारी बचत खाता” प्रस्तुत गरेको छ ।

बैंकले हरितालिका तिजको अवसरमा नारीहरुका लागि विशेष सुविधायूक्त एनएमबि स्मार्ट नारी बचत खाता सञ्चालनमा ल्याएको हो ।
यस बचत खातामा महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजारसम्म क्यासब्याक पाउन सक्नेछन् ।

त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।