नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल

0
Shares

नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन् ।

सङ्घको शनिबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सङ्घको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन (दीपक) लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल चुनिएका छन् ।

होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विस २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी सङ्घमा चार सय व्यवसायी आवद्ध छन् ।

काेभिडले धरसायी बनेकाे व्यवसाय बचाउन दत्तचित्त भएर लाग्छुः निर्वाचित अध्यक्ष ढकाल

नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हक, हितको रक्षाका साथै यस क्षेत्रमा रहेका समस्या समाधानमा आफु प्रतिबद्ध भएर लाग्ने बताए । उनले कोभिडपछि यो व्यवसायको क्षेत्र धेरै नै धरासायी बनेको भन्दै व्यवसायी तथा व्यवसाय बचाउनका लागि अबको कार्यसमिति दत्तचित्त भएर लाग्ने प्रतिबद्धता गरे ।

नवनिर्वाचित अध्यक्ष ढकालले सर्वसम्मत नेतृत्व चयनले व्यवसायीक एकताको सन्देश दिन सफल भएको भन्दैअबको कार्यसमिति आम व्यवसायीहरुकै भावना अनुसार चल्ने बताए । उनले यस क्षेत्रको समस्या समाधानका लागि सरोकारित निकाय तथा सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धतासमेत व्यक्त गरे ।ढकालले यसअघि दुई कार्यकाल सफलतापूर्वक महासचिवको जिम्मेवारी निभाइसकेका छन् ।

विसं २०५७ साल स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै होटल व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूलाई प्रतिवद्ध बनाउदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार  ०८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।