सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

सिक्लेस हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा स्थानीयष् बासिन्दाले आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले साउन ६ गतेबाट कास्कीका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । आइपीओमा स्थानीयले आज (भदौ ५ गते) कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआइसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि सेयर खुला गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार भदौ ५ गते बिहान १० बजेसम्म कम्पनीको आईपीओमा १ हजार ३३१ वटा आवेदन मार्फत ३ करोड १३ लाख ६ हजार मूल्यको ३ लाख १३ हजार ६० कित्ताका लागि माग परेको छ । जुन स्थानीयबाय माग गरिएको सेयर संख्याको ३६.८३ प्रतिशत हो ।

रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।