नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा १ खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ ।
कोषले २७ औं वार्षिक साधारण सभा कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सो बराबरको लगानी भएको जानकारी दिँदै आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ जानकारी दिएका हुन् ।
निर्देशक नेपालले कोषको वस्तुस्थितीबारे जानकारी दिँदै उक्त अवधिमा कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजी बजारका विकास गरी लगानी विविधिकरण गरी प्रतिफल अभिवृद्ध गर्न सकिने बताए ।
उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दे उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामुलक बनाउने प्रतिबद्धता समेत व्यक्ति गरेका छन् ।

२७ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बराबरको एक अर्ब ३ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश समेत स्वीकृत गरेको छ ।
त्यसैगरी आ.व २०७७/७८ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो सँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैर सरकारी एवं नीजि प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने बताए ।
कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ काम गरिरहेको उनको भनाई छ । कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयर प्रयोगको लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरि सकिएको छ । योसँगै कोषमा आबद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनहरुबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ ।
सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया