सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा श्रेष्ठ पुनः नियुक्त

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ पुनः नियुक्त भएका छन् । आफ्नो पहिलो चार वर्षको कार्यकालमा बैंकको आन्तरिक व्यवस्थापनमा जोड दिँदै बैंकलाई निकै बलियो बनाएका छन् । सोही कारण बोर्डले उनलाई निरन्तरता दिएको हो ।

बैंक सञ्चालक समितिको भदौ ५ गते अपराह्न बसेको २९८ औं बैठकले श्रेष्ठलाई आगामी ४ वर्षक लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि श्रेष्ठ बैंकको सीईओ पदमै कार्यरत थिए । श्रेष्ठको आगामी नेतृत्वले बैंकलाई प्रगतिको थप उचाईमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ । 

संखुुवासभा जिल्लाको चैनपुरमा आज भन्दा ५० वर्ष अघि जन्मिएका श्रेष्ठले हिमालयन बैंक, इन्भेष्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंकमा काम गरेका थिए ।  विभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूर्ण पदमा रही लामो बैंकिङ अनुुभव हासिल गरेका श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयाँ दिल्लीबाट चार्टर्र्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् ।

सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ करियर शुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी रहे । सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरेका थिए । यस्तै सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा समेत कार्य गरेका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूर्वक बहन गरि सकेका छन् ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालय, ३१ एटीएम,बाट सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास पालना गर्दै आएको बैंकको दाबी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।